Devi's Fall Driving School and Pre-Test Center Pvt. Ltd. Pokhara

  • Home
  • Nepal
  • Pokhara
  • Devi's Fall Driving School and Pre-Test Center Pvt. Ltd. Pokhara

Devi's Fall Driving School and Pre-Test Center Pvt. Ltd. Pokhara Devi's Fall Driving School and Pre-test Center started on April 2017.

13/08/2026

आदरणीय सेवाग्राही महानुभावहरु

तपाइहरुले ड्राइभिङ्ग लाइसेन्सको नवीकरणका लागि edlvrs.gandaki.gov.np बाट आवेदन गर्नुभएको आवेदनहरु अफिसमा प्राप्त भएको दिन वा भोलिपल्टसम्म अफिस एप्रुभल भइसकेको हुन्छ ।

नयाँ तथा वर्ग थपका लागि फर्म भरेर मेडिकल समेत गरेर Office Approval का लागि कुरेर बस्नुभएका करिब १५०० जति आवेदनहरु स्वीकृत भइसकेको छ । अब करिब ५०० जति आवेदनहरु राष्ट्रिय परिचयपत्रको डाटासँग सिस्टमबाटै भेरिफाइ नभएको हुँद Office Approval का लाागि पेन्डिङ मै रहेका छन । उक्त पेन्डिङ आवेदनहरु पनि NID Verified देखाएपछि क्रमशः स्वीकृत हुनेछन।

अब तपाइहरुले आफ्नो आवेदनको स्थिति थाहा पाउनका लागि download गरिएको application form मा रहेको QR अथवा तपाइले म्यासेजमा प्राप्त गर्नुभएको लिङक बाट ट्रयाकिङ गरेर हेर्न सक्नुहुनेछ ।

Office Approval Complete भएका आवेदकहरुले लिखित परीक्षा वा वर्ग थप हो भने ट्रायल परीक्षाका लागि परीक्षा शुल्क तिर्ने प्रकृया देखा पर्दछ।
त्यसमा तपाइहरुले परीक्षा शुल्क तिरेपश्चात लिखित हो भने लिखितका लागि र वर्ग थप हो भने ट्रायल परीक्षाका लागि आफैले मिति छनौट गर्ने चरण देखा पर्दछ । र तपाइले एउटा मिति छनौट गरेर प्रवेशपत्र सिस्टमबाटै डाउनलोड गरेर प्रिन्ट गर्नुहोला र आफुले बुक गरेको मितिमा कार्यालयमा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित १० बजे उपस्थित हनुहोला ।

वर्ग A/K का लागि लिखित परीक्षा मंगलबार, बुधबार, बिहिबार र शुक्रबार हुनेछ भने मोटरसाइकलका लागि ट्रायल परीक्षा सोमबार, मंगलबार र बिहिबार हुनेछ भने स्कुटरका लागि बुधबार र शुक्रबार हुनेछ ।

त्यस्तै गरी लिखित परीक्षा वर्ग B को लागि सोमबार हुनेछ भने सो को ट्रायल परीक्षा सोमबार देखि शुक्रबार सम्म हुनेछ । सोही बमोजिम नै सिस्टमबाटै कोटा उपलब्ध हुनेछ ।

एकचोटी मिति बुकिङ गरिसकेपछि अत्यावश्यक अवस्थामा बाहेक मिति परिवर्तन (Reschedule) नगर्नुहोला ।

अनलाइन प्रणाली अन्तर्गत अब लिखित तथा ट्रायल परीक्षामा सामेल हुने परीक्षार्थीको बायोमेट्रिक हाजिरी हुनेछ । हाल प्रणालीमा स्थिरता आइ नसकेको हुँदा हाजिरीमा केहि लामो समय लाग्न सक्नेछ । कृपया परीक्षा दिन आउँदा यसमा धैर्य गर्नुहोला ।

हाल तत्कालका लागि लिखित परीक्षाका लागि कोठा नं ६ बाट बायोमेट्रिक हाजिरी गरी कोठा नं २० मा लिखित परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै ट्रायल परीक्षाका लागि कोठा नं ३ बाट बायोमेट्रिक हाजिरी हुनेछ र तत्पश्चात मात्र ट्रायल परीक्षामा सामेल हुनुपर्नेछ ।

तपाइ लिखित तथा ट्रायल परीक्षा पास वा फेल भएपछि तपाइको ट्र्याकिङ लिङ्क मै notification जानेछ र बाँकी गर्नुपर्ने प्रकृया पनि त्यही देखा पर्नेछ ।

रिट्रायलका लागि राजश्व तिर्ने प्रकृया समेत सुरु भएको हुँदा यस अगाडि पोखरा कार्यालयबाट आवेदन दिइ ट्रायल परीक्षामा पहिलो तथा दोस्रो पटकसम्म फेल हुनुभएका सेवाग्राहीहरुले edlvrs.gandaki.gov.np को application tracking बाट गएर राजश्व तिर्न सक्नुहुनेछ । त्यस्तै यस अगाडि ट्रायल पास भएको तर नयाँ प्रणालीमा अनलाइन पास राजश्व तिर्दा समस्या देखिएका छन भने कार्यालयमा सम्पर्क राख्नुहोला ।

सूचना २०८३-०४-२०२०८३ श्रावण १ गतेदेखि सञ्चालनमा आएको अनलाइन प्रणाली सञ्चालनका सम्बन्धमा विशेष जानकारी।Special informatio...
05/08/2026

सूचना २०८३-०४-२०

२०८३ श्रावण १ गतेदेखि सञ्चालनमा आएको अनलाइन प्रणाली सञ्चालनका सम्बन्धमा विशेष जानकारी।

Special information regarding the operation of the online system that came into effect from Shrawan 1, 2083 (B.S.).

The license revenue from the month of Shrawan of the Fiscal Year 2083/2084 is as follows:आ.ब २०८३/२०८४ को साउन बाट लाईसे...
19/07/2026

The license revenue from the month of Shrawan of the Fiscal Year 2083/2084 is as follows:

आ.ब २०८३/२०८४ को साउन बाट लाईसेन्स राजस्व यस प्रकार छन्:

आयो लाईसेन्स आयो
24/05/2026

आयो लाईसेन्स आयो

सूचना सूचना सूचना (लाईसेन्स आयो)
२०२३ जनवरी १ देखि २०२६ अप्रिल १४ गते सम्म राजश्‍व बुझाएका सेवाग्राहीहरु मध्ये १ लाख ५० हजार जनाको लाईसेन्स यस कार्यालयमा प्राप्‍त भएको छ। ४० हजार लाईसेन्स अझै आउन बाँकी नै रहेका छन्। तसर्थ, आफ्नो लाईसेन्स आएको नआएको थाहा पाउन तलको QR Scan गरी वेभसाईटमा गई लाईसेन्स नम्बर राखेर Search गर्नुहुन अनुरोध गरिन्छ। लाईसेन्स आएको भए कार्यालय समयभित्र लिन आउन सक्नुहुनेछ। बाँकी रहेका लाईसेन्सहरु यस कार्यालयमा प्राप्‍त भएपश्‍चात यसै लिंक वा QR मा अद्यावधिक गरिनेछ। चेक गरेर मात्र आउनुहुन अनुरोध गरिन्छ।

23/05/2026

मिति २०८३/०१/०२ देखी २०८३/०१/२८ (2026 April 15 to 2026 May 11) सम्म नविकरण, नयाँ तथा बर्ग थप (Trail Pass) गरी राजश्व बुझाएकाको License वितरण सम्वन्धी सूचना ।

फ्री मा लाइसेन्स को फर्म WhatsApp:9840703333 गर्नुहोस।शुल्क तिर्न बाट बच्नुहोस्।
19/05/2026

फ्री मा लाइसेन्स को फर्म
WhatsApp:9840703333 गर्नुहोस।
शुल्क तिर्न बाट बच्नुहोस्।

05/05/2026

मिति २०८३/०१/०४ देखी २०८३/०१/१४ (2026 April 17 to 2026 April 27) सम्म नविकरण, नयाँ तथा बर्ग थप (Trail Pass) गरी राजश्व बुझाएकाको License वितरण सम्वन्धी सूचना ।

04/05/2026
17/04/2026

मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना❤️

15/04/2026

मिति २०८३।०१।०२ गते,ट्राफिक प्रहरीको अनुरोध ।
-----------------------------------

Address

Devisfall, Chhorepatan
Pokhara
33700

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 08:00 - 17:00
Sunday 06:00 - 18:00

Telephone

+97761457619

Alerts

Be the first to know and let us send you an email when Devi's Fall Driving School and Pre-Test Center Pvt. Ltd. Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category