Barahi Driving - Pokhara

Barahi Driving - Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Barahi Driving - Pokhara, Driving school, Ratopaira Marga, Pokhara/17 (Near International Mountain Museum), Pokhara.

Since:2061
Contact: 9840703333 ,9856056666
Location:Tallo Birauta Ratopaira -17
Your First Step to Road Freedom!🚦 Driving सिक्नुहोस्, traffic rules बुझ्नुहोस्, safe ride गर्नुहोस्।

19/08/2026

Hamro handsome bhai ko swaaggg hai 😂😂😂

नाग देवताको असीम कृपाले घरमा सुख, शान्ति र समृद्धि छाओस्। नाग पञ्चमीको शुभकामना! 🙏✨
17/08/2026

नाग देवताको असीम कृपाले घरमा सुख, शान्ति र समृद्धि छाओस्। नाग पञ्चमीको शुभकामना! 🙏✨

17/08/2026
13/08/2026

आदरणीय सेवाग्राही महानुभावहरु

तपाइहरुले ड्राइभिङ्ग लाइसेन्सको नवीकरणका लागि edlvrs.gandaki.gov.np बाट आवेदन गर्नुभएको आवेदनहरु अफिसमा प्राप्त भएको दिन वा भोलिपल्टसम्म अफिस एप्रुभल भइसकेको हुन्छ ।

नयाँ तथा वर्ग थपका लागि फर्म भरेर मेडिकल समेत गरेर Office Approval का लागि कुरेर बस्नुभएका करिब १५०० जति आवेदनहरु स्वीकृत भइसकेको छ । अब करिब ५०० जति आवेदनहरु राष्ट्रिय परिचयपत्रको डाटासँग सिस्टमबाटै भेरिफाइ नभएको हुँद Office Approval का लाागि पेन्डिङ मै रहेका छन । उक्त पेन्डिङ आवेदनहरु पनि NID Verified देखाएपछि क्रमशः स्वीकृत हुनेछन।

अब तपाइहरुले आफ्नो आवेदनको स्थिति थाहा पाउनका लागि download गरिएको application form मा रहेको QR अथवा तपाइले म्यासेजमा प्राप्त गर्नुभएको लिङक बाट ट्रयाकिङ गरेर हेर्न सक्नुहुनेछ ।

Office Approval Complete भएका आवेदकहरुले लिखित परीक्षा वा वर्ग थप हो भने ट्रायल परीक्षाका लागि परीक्षा शुल्क तिर्ने प्रकृया देखा पर्दछ।
त्यसमा तपाइहरुले परीक्षा शुल्क तिरेपश्चात लिखित हो भने लिखितका लागि र वर्ग थप हो भने ट्रायल परीक्षाका लागि आफैले मिति छनौट गर्ने चरण देखा पर्दछ । र तपाइले एउटा मिति छनौट गरेर प्रवेशपत्र सिस्टमबाटै डाउनलोड गरेर प्रिन्ट गर्नुहोला र आफुले बुक गरेको मितिमा कार्यालयमा सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र सहित १० बजे उपस्थित हनुहोला ।

वर्ग A/K का लागि लिखित परीक्षा मंगलबार, बुधबार, बिहिबार र शुक्रबार हुनेछ भने मोटरसाइकलका लागि ट्रायल परीक्षा सोमबार, मंगलबार र बिहिबार हुनेछ भने स्कुटरका लागि बुधबार र शुक्रबार हुनेछ ।

त्यस्तै गरी लिखित परीक्षा वर्ग B को लागि सोमबार हुनेछ भने सो को ट्रायल परीक्षा सोमबार देखि शुक्रबार सम्म हुनेछ । सोही बमोजिम नै सिस्टमबाटै कोटा उपलब्ध हुनेछ ।

एकचोटी मिति बुकिङ गरिसकेपछि अत्यावश्यक अवस्थामा बाहेक मिति परिवर्तन (Reschedule) नगर्नुहोला ।

अनलाइन प्रणाली अन्तर्गत अब लिखित तथा ट्रायल परीक्षामा सामेल हुने परीक्षार्थीको बायोमेट्रिक हाजिरी हुनेछ । हाल प्रणालीमा स्थिरता आइ नसकेको हुँदा हाजिरीमा केहि लामो समय लाग्न सक्नेछ । कृपया परीक्षा दिन आउँदा यसमा धैर्य गर्नुहोला ।

हाल तत्कालका लागि लिखित परीक्षाका लागि कोठा नं ६ बाट बायोमेट्रिक हाजिरी गरी कोठा नं २० मा लिखित परीक्षा सञ्चालन हुनेछ ।

त्यस्तै ट्रायल परीक्षाका लागि कोठा नं ३ बाट बायोमेट्रिक हाजिरी हुनेछ र तत्पश्चात मात्र ट्रायल परीक्षामा सामेल हुनुपर्नेछ ।

तपाइ लिखित तथा ट्रायल परीक्षा पास वा फेल भएपछि तपाइको ट्र्याकिङ लिङ्क मै notification जानेछ र बाँकी गर्नुपर्ने प्रकृया पनि त्यही देखा पर्नेछ ।

रिट्रायलका लागि राजश्व तिर्ने प्रकृया समेत सुरु भएको हुँदा यस अगाडि पोखरा कार्यालयबाट आवेदन दिइ ट्रायल परीक्षामा पहिलो तथा दोस्रो पटकसम्म फेल हुनुभएका सेवाग्राहीहरुले edlvrs.gandaki.gov.np को application tracking बाट गएर राजश्व तिर्न सक्नुहुनेछ । त्यस्तै यस अगाडि ट्रायल पास भएको तर नयाँ प्रणालीमा अनलाइन पास राजश्व तिर्दा समस्या देखिएका छन भने कार्यालयमा सम्पर्क राख्नुहोला ।

11/08/2026

कहिले पानी, कहिले घाम 🌧️☀️ तर ड्राइभिङ सिक्ने जोस सधैं उच्च!

Rain or shine, the driving practice never stops! 🌧️☀️

We’ve been open at our new location for almost a month now! Grab 10% OFF on our monthly packages for a limited time! Master your trial in any weather! 🙌🚗

Contact us on: 9840703333
10/08/2026

Contact us on: 9840703333

📢 कर्मचारी आवश्यकता! (JOB VACANCY) 📢

पोखरा- १७ (रातो पहिरा मार्ग) रामनगर टोल, मा अवस्थित बाराही मोटर ड्राइभिङको लागि कुशल, अनुभवी र धैर्यवान ड्राइभिङ इन्स्ट्रक्टर (Driving Instructor) को आवश्यकता परेको हुनाले योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरिन्छ।

📋 आवश्यक योग्यता तथा अनुभव:
~ सवारी चालक अनुमतिपत्र (Driving License) भएको र सवारी साधन सम्बन्धी राम्रो ज्ञान भएको।

~ सम्बन्धित क्षेत्रमा पूर्व अनुभव भएकालाई विशेष प्राथमिकता दिइनेछ।

~ अनुशासित, लगनशील र प्रशिक्षार्थीहरूसँग शिष्ट व्यवहार गर्न सक्ने।

💼 पद: ड्राइभिङ इन्स्ट्रक्टर
📍 स्थान: पोखरा- १७
💰 तलब: आपसी समझदारीमा (आकर्षक सेवा सुविधा)

📲 सम्पर्कका लागि:
इच्छुक व्यक्तिहरूले सिधै [9840703333, 9856027513] मा सम्पर्क गर्न सक्नुहुनेछ वा सिधै हाम्रो कार्यालयमा आउन सक्नुहुनेछ।

07/08/2026

A new day, a new start and a first gear of the day ⚙️🚦🛞☀️

सूचना २०८३-०४-२०२०८३ श्रावण १ गतेदेखि सञ्चालनमा आएको अनलाइन प्रणाली सञ्चालनका सम्बन्धमा विशेष जानकारी।Special informatio...
05/08/2026

सूचना २०८३-०४-२०

२०८३ श्रावण १ गतेदेखि सञ्चालनमा आएको अनलाइन प्रणाली सञ्चालनका सम्बन्धमा विशेष जानकारी।

Special information regarding the operation of the online system that came into effect from Shrawan 1, 2083 (B.S.).

05/08/2026

हाम्रो वातवरण प्रेमि भाईले आज हाम्रो ड्राइभिङ भित्र
आफूले माया गरेर ठुलो बनाएको आँपकाे रूख रोपेकोमा
धेरै धन्यवाद।

05/08/2026

10 % percent off

Address

Ratopaira Marga, Pokhara/17 (Near International Mountain Museum)
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Barahi Driving - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category