Gandaki License Pokhara

Directions Contact the business

Gandaki License Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gandaki License Pokhara, pokhara, Pokhara.

यातायात कार्यलय गण्डकी पोखरा सम्बन्धी सम्पुर्ण जानकारी को लागि हाम्रो पेज follow गर्नु होला।
यो पेज कार्यालयको आधिकारिक पेज नभई सहायताका लागि मात्रै सञ्चालनमा ल्याइएको हो

अन्य कार्यालयबाट प्राप्त गरेको लाइसेन्स हाम्रो कार्यालयमा नविकरण वा वर्गथपको लागि आवेदन दिनुभएको छ र प्रणालीमा सबै डाटा ...
18/09/2026

अन्य कार्यालयबाट प्राप्त गरेको लाइसेन्स हाम्रो कार्यालयमा नविकरण वा वर्गथपको लागि आवेदन दिनुभएको छ र प्रणालीमा सबै डाटा नदेखिएको कारण नविकरण हुन नसकेको भए

विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्र सम्बन्धि सेवा प्रवाह गर्ने निर्देशिका, २०८३ को अनुसूची ३ बमोजिमको स्वघोषणा अपलोड गरी नविकरणको लागि आवेदन गर्न सक्नुहुन्छ ।

निर्देशिकाको अनुसूची बमोजिमको स्वघोषणा पत्र यहाँ Upload गरिएको छ ।

18/09/2026
झट्ट हेर्दा यो ठाउँ कहाँ होला जस्तो लाग्छ .?
17/09/2026

झट्ट हेर्दा यो ठाउँ कहाँ होला जस्तो लाग्छ .?

पोखराका इन्जीनियर सरोज पाण्डे  चिलिमेमा  मृत फेलापोखरा। रसुवाको चिलिमे जलविद्युत् कम्पनीमा कम्प्युटर इन्जीनियरका रुपमा क...
17/09/2026

पोखराका इन्जीनियर सरोज पाण्डे चिलिमेमा मृत फेला

पोखरा। रसुवाको चिलिमे जलविद्युत् कम्पनीमा कम्प्युटर इन्जीनियरका रुपमा कार्यरत पोखराका सरोज पाण्डे मृत अवस्थामा भेटिनुभएको छ।

भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत रहनुभएका इन्जीनियर पाण्डेसहित पाँच जनाको शव बुधबार फेला परेको हो।

चिलिमे जलविद्युतका आयोजना अनुसार सुरुङदेखि १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उहाँसहित इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय तिलकबहादुर थापामगर र श्यामबहादुर थापामगर तथा विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव भेटिएको थियो।

फेला परेका पाँचै जनाको शव पहिचान भई परिवारजनलाई बुझाइएको आयोजनाले जनाएको छ।

चिलिमेमा उद्धारका कार्य जारी रहदा सुखद समाचारको आसमा दिन गन्दै बसेका परिवारजनमा थप पिडामा थपिएको छ।

उद्धारका कार्यका लागि चिलिमेमा नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी लगायतको टोली लगातर खटिएको थियो।

पाेखरामा फ्लाई दुबईकाेे कार्यालय खुल्याे । पुरानाे एयरपोर्ट अगाडि ।
16/09/2026

पाेखरामा फ्लाई दुबईकाेे कार्यालय खुल्याे । पुरानाे एयरपोर्ट अगाडि ।

16/09/2026

अत्याधुनिक मेसिन बाट हेल्मेट सफा गर्ने हैन त ?

एक पटक सफा गरेको मात्र रु.150
location: रानीपौवा पोखरा पेट्रोल पम्प

16/09/2026

कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न,,
भोलि असोज १ गतेदेखि नियमित रुपमा यातायात सञ्चालन हुने।

रसुवा बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा नयाँ ट्र्याक बनाउने काम अन्तिम चरणमा पुगेको ...
15/09/2026

रसुवा बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा नयाँ ट्र्याक बनाउने काम अन्तिम चरणमा पुगेको छ भने असोज १ गतेदेखि नियमित रुपमा यातायात सञ्चालन हुने भएको छ।

ड्राइभिङ लाइसेन्समा विवरण बिग्रियो ?अनलाइन प्रणालीबाटै कसरी सच्याउने आफ्नो विवरण ?अब यसरी अनलाइनबाटै सच्याउनुहोस्सवारी च...
14/09/2026

ड्राइभिङ लाइसेन्समा विवरण बिग्रियो ?अनलाइन प्रणालीबाटै कसरी सच्याउने आफ्नो विवरण ?

अब यसरी अनलाइनबाटै सच्याउनुहोस्

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) मा भएका त्रुटि अब अनलाइनबाटै सच्याउन सकिने भएको छ । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षदेखि सुरु गरेको प्रणालीमा हालै यस्तो सुविधा थपिएको हो ।

विभागका निर्देशक एवम् प्रवक्ता केशव खतिवडाका अनुसार भदौदेखि यो फिचर थपिएको हो । राष्ट्रिय परिचयपत्र अनुसारकै विवरण सवारी चालक अनुमतिपत्रमा राख्नुपर्‍यो भने यो फिचर प्रयोग गरेर सच्याउन सकिने उनले जानकारी दिए । “लाइसेन्सनमा नाम, ठेगाना, जन्ममिति, नागरिकता नम्बर वा अरु विवरण बिग्रिएको छ भने अनलाइन सिस्टमबाटै सच्याउन सकिन्छ,” खतिवाडले भने, “तर, त्यो विवरण भने राष्ट्रिय परिचयत्रमा हुनुपर्छ । राष्ट्रिय परिचयपत्रमै पनि त्रुटि छ भने राष्ट्रिय परिचयपत्रसँग सम्बन्धित निकायमा गइ सच्याउनुपर्ने हुन्छ ।

अनलाइन प्रणालीबाटै कसरी सच्याउने आफ्नो विवरण ?

सबैभन्दा पहिले नयाँ ईडीएलभिआरएस सिस्टमा जानुहोस् । (प्रदेश अनुसार फरक फरक भएकाले आफ्नो प्रदेशको ईडीएलभीआरएस पोर्टलमा जानुहोला । उदाहणका लागि तपाईं कर्णाली प्रदेशबाट हुनुहुन्छ भने गुगलमा edlvrs karnali सर्च गरेर पहिलो लिङ्कमा जान सक्नुहुन्छ ।)

Image 1:
त्यसपछि होमपेजमा रहेको ‘लाइसेन्स सच्याउने आवेदन’ (License Correction Application) लेखिएको सेक्सनमा जानुहोस् ।

Image 2:
अनि आफ्नो नाम, राष्ट्रिय परिचयपत्र नम्बर राख्नुहोस् । राष्ट्रिय परिचयपत्रको फोटो अपलोड गर्नुहोस् । यति गरेपछि लाइसेन्स नम्बर राख्नुहोस् ।

Image 3:
त्यसपछि जन्ममिति (इ.स), लिङ्ग, मोबाइल नम्बर र ईमेल राख्नुहोस् ।
र, कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।

Image 4:
यति गरेपछि तपाईंको नम्बरमा ओटीपी कोड आउँछ । र, ओटीपी कोड राखेर ड्याशबोर्डमा जानुहोस् । अनि आफूले सच्याउन चाहेको नाम, थर, जन्ममिति, बुबा-आमाको नाम, फोन नम्बर, इमेल, अस्थायी र स्थायी ठेगाना आदि सच्याउनुहोस् । याद गर्नुहोस् तपाईंले यसमा राख्ने विवरण राष्ट्रिय परिचयपत्रसँग मिलेको हुनुपर्छ ।

Image 5:
आवश्यक सम्पूर्ण विवरण राखिसकेपछि आफूले सब्मिट गरेका सबै विवरण ठीक छन् भन्ने चिन्हमा टिक लगाउनुपर्ने हुन्छ । र, अन्तिममा सब्मिट अपडेट रिक्वेस्ट बटनमा ट्याप गर्नुहोस् ।

Image 6:
यति गरेपछि फेरि एकपटक कुन विवरण सच्याइँदैछ भन्ने अप्सन देखिन्छ ।

Image 7:
र, तपाईंले ‘Yes, submit’ मा ट्याप गर्नुहोस् ।

Image 8:
यति भएपछि तपाईंको अपडेट रिक्वेस्ट सम्बन्धित यातायात कार्यालयमा पुग्छ । तपाईंले अपडेट गर्न चाहेको विवरण राष्ट्रिय परिचयपत्रसँग मिलेको यकिन गरेर कार्यालयका कर्मचारीले एप्रुभ गरेपछि अनलाइन प्रणालीमा तपाईंको अपडेटेड कार्ड देखिने विभागले जनाएको छ ।

14/09/2026

ड्राइभिङ लाइसेन्सको Details गलत भए Online बाट सच्याउन/Update गर्न सकिन्छ।

तर “फोटो राम्रो आएन, Change गरौँ” भनेर सामान्य अवस्थामा फोटो परिवर्तन गर्न मिल्दैन।

दुर्घटना वा अन्य कारणले अनुहारको स्वरूपमै उल्लेख्य परिवर्तन आएको विशेष अवस्थामा मात्रै फोटो Change गर्न सकिन्छ।

त्यसैले Details Update र Photo Change फरक कुरा हुन्।

Address

Pokhara
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Gandaki License Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gandaki License Pokhara:

Shortcuts

Share