07/11/2026
आज सबैसँग मेरो एउटा बिन्ती छ। 🙏
जुन दिन तपाईंको छोरीले अब बस्न सक्दिनँ, मलाई धेरै गाह्रो भयो भनेर भन्छे, त्यो दिन समाजको इज्जत र प्रतिष्ठाभन्दा आफ्नी छोरीलाई माथि राख्नुहोला।
यदि छोरीको जीवनभरि सुरक्षा, सम्मान र खुसीको जिम्मेवारी लिन सक्नुहुन्न भने कृपया उनलाई जन्म नै नदिनुहोस्।
आजको समय र प्रविधि धेरै अगाडि बढिसकेको छ। तर पनि छोरीहरू आफ्नै घरभित्र असुरक्षित र अपमानित भएर बाँच्नुपर्ने अवस्था किन?
हाम्रो समाजमा छोरीलाई लक्ष्मी मानिन्छ। तर छोरीको विवाह गर्ने बेला किन केटाको घर, सम्पत्ति, पैसा र प्रतिष्ठा मात्रै हेरिन्छ?
एउटा प्रश्न छ, छोरीलाई केही पर्यो भने, उसको जीवनमा दुःख आइपर्यो भने, त्यही सम्पत्तिले उसको आँसु पुछ्न सक्छ? त्यही ठूलो घरले उसको मनको पीडा बुझ्न सक्छ?
एउटा बच्चा जन्मिएपछि उसको स्वास्थ्य र उपचारका लागि समेत माइती पठाउनुपर्ने अवस्था आउने समाजमा के सम्पत्तिलाई मात्रै सुखको आधार मान्न सकिन्छ?
केटाको ठूलो घर र धेरै सम्पत्ति देखेर छोरी दिनु भनेको कतै आफ्नी छोरीलाई त्यो घरको बुहारी होइन, नोकर बन्न पठाउनु त होइन? यो कुरा समाजले कहिले बुझ्ने?
सम्पत्ति हेरेर होइन, छोरीलाई कस्तो व्यवहार गर्छन्, उसको विचारलाई कति सम्मान गर्छन्, दुःखसुखमा कति साथ दिन्छन् भन्ने कुरा हेरेर सम्बन्ध जोडिदिनुहोला।🙏
आज सबैसँग मेरो एउटै बिन्ती छ🙏🏻आफ्ना सन्तानको खुसीलाई सबैभन्दा माथि राखीदीनु न है 🙏
कसैको सम्पत्तिले कसैलाई वास्तविक खुसी दिन सक्दैन। यो भ्रमबाट बाहिर निस्कौँ।
विवाह भनेको शिक्षा वा सम्पत्तिको प्रतिस्पर्धा होइन। विवाह भनेको एकअर्कालाई बुझ्ने, समान अधिकार दिने र जीवनभर साथ दिने सम्बन्ध हो।
छोरी होस् वा छोरा शिक्षा र सम्पत्तिभन्दा पनि आपसी समझदारी, सम्मान र समानता भएको सम्बन्धमा खुसी र सन्तुष्टि पाउने आधार बलियो हुन्छ।
छोरीलाई धनसम्पत्ति भएको घरमा होइन, छोरीको मूल्य बुझ्ने मन भएको घरमा दिनुहोस्।
किनकि छोरी विवाह गरेर पराई हुने होइन, ऊ सधैँ तपाईंकी छोरी नै रहन्छे।🙏🙏