16/10/2026
🌸🙏 बडादशैं, शुभ दीपावली तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना!🙏🌸
नेपालीहरूको महान् चाड बडादशैं, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, वित्तीय साझेदार संस्थाहरू, व्यावसायिक साझेदारहरू, शुभचिन्तकहरू तथा स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
हामीप्रति यहाँहरूले देखाउनुभएको अटुट विश्वास, माया, साथ र सहयोगका लागि हृदयदेखि नै आभार प्रकट गर्दछौं।
यी पावन पर्वहरूले सबैको जीवनमा नयाँ आशा, उमंग, खुसी र सफलताको उज्यालो छरोस्। आपसी सद्भाव, एकता र आत्मीयता अझ प्रगाढ बनोस्।
यहाँहरूको विश्वास नै हाम्रो प्रेरणा, यहाँहरूको सन्तुष्टि नै हाम्रो सफलता।❤️
🌺 शुभ बडादशैं, शुभ दीपावली तथा छठ पर्व २०८३!🌺
एस. क्युब इन्टरप्राइजेज प्रा.लि. परिवार
काठमाडौं, नेपाल 🇳🇵