02/08/2026
ड्राइभिङ्ग लाइसेन्सको लागी हालै परिवर्तन भएको नयाँ नियम👉👉 पछिल्लो समय लाइसेन्स आवेदन दिन आफ्नै नाममा भएको सिम अनिवार्य गरिएको छ। यसकारण कतिपय सेवाग्राहीले नयाँ सिम झिक्ने गर्नुभएको छ। यसरी नयाँ सिम कार्ड झिक्दा प्रयोग भएको विवरण स्वत: लाइसेन्स आवेदन प्रणालीमा अपडेट हुने गरेको छ। त्यसैले सिम कार्ड झिक्दा प्रयोग हुने विवरण जस्तै नाम, नागरिकता नम्बर, जन्म मिति दुरुस्त राख्नुहोला। अन्यथा अहिले एकपटक हालेको विवरण सच्याउने व्यवस्था भइसकेको छैन जसकारण आवेदन दिन समस्या आउन सक्नेछ।